श्रीमानको हत्या आरोपमा श्रीमती र उनका प्रेमी पक्राउ

धनकुटा, माघ १८ । धनकुटा श्रीमानको हत्या आरोपमा श्रीमती र उनका प्रेमी पक्राउ परेका छन् । तीन महिना अघि हिलेमा सञ्चालन भएको मिनी मेलामा हत्या गरिएका सुनसरी इटहरी उपमहानगरपालिका–१५ का रामबाबु चौधरीको हत्यामा संलग्न मृतककी श्रीमती र उनका प्रेमीलाई हत्याको अभियोगमा प्रक्राउ गरी सार्वजनिक गरेको हो ।

प्रहरीले साँगुरीगढी गाउँपालिका ९ घर भई हाल बराहक्षेत्र ५ कालाबन्जार बस्ने ३१ वर्षीय सविन राई र मृतककी श्रीमती इटहरी उपमहानगरपालिका–१५ की २९ वर्षीया प्रिया चौधरीलाई प्रक्राउ गरेको हो ।

उनीहरुले योजना बनाएर चौधरीको हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुरेन्द्रबहादुर गुरुङले बताए ।

चौधरीको हत्यापछि विवाह गर्ने सल्लाहमा प्रियाले आफ्नो श्रीमान्को हत्या गर्न राईलाई उक्साएको अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ ।

चौधरीको २ तथा सवारी चालक पेशा गर्ने राईको १ सन्तान रहेका छन् । धनकुटाको हिले बजारमा लागेको मिनी मेलामा कर्मचारीका रुपमा कार्यरत ३८ वर्षीय चौधरीको कार्तिक १६ गते राति धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!