भारतको कोठीमा बेचिन पुगेका पाँच नेपाली महिलाको उद्धार

काठमाडौं, माघ १८ । भारतको उत्तर प्रदेश राज्यको आग्राको कोठीमा बेचिन पुगेका ५ नेपाली महिलाको उद्धार गरिएको छ । समाजसेवी बालकृष्ण पाण्डे र माइती इन्डियाको विशेष पहलमा उद्धार उनीहरुलाई उद्धार गरिएको हो ।

उनीहरुलाई कानुनी प्रक्रिया पुरा नभएको हुँदा १ वर्षदेखि भारतीय सरकारको राजकीय संरक्षण गृहमा रहेका थिए । भारतमा नक्कली कागजात पेश गरी दलालहरुले आफन्त हो भनेर पीडितको जिम्मा लिने र फेरि तस्कर गर्ने सम्भावना भएकोले आग्रा विशेष अदालत र जिल्ला अदालतबाट उद्धार गरिएको पीडित महिलाहरुको डि.एन.ए परीक्षण गरी न्यायालयको प्रक्रिया पूरा गरी निजको बुवा, आमालाई बुझाउने शर्तमा सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरी समाजसेवी पाण्डेको जिम्मेवारीमा नेपाल फर्काउन सफल भएको छ ।

उनीहरुलाई अहिले माइती इन्डियाको संरक्षणमा राखिएको र आग्रा अदालतको सम्पूर्ण प्रक्रिया पुरा गरी १५ दिनभित्रमा आफन्तको जिम्मा लगाइने जानकारी गराएको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!