रोमाञ्चक प्रतिष्पर्धामा नेपालले हरायो युएईलाई

काठमाडौं । दुबईमा जारी टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले यूएईलाई ४ विकेटले पराजित गरेको छ ।

नेपालको निकै सशक्त बलिङ रहेको आजको खेलमा युइएले बनाएको १०८ रनको लक्ष्य पछ्याउँदै नेपालले जीत हासिल गरेको हो ।

नेपालले १९ दशमलब ३ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले राम्रो खेल्दै जिततर्फ लगेका थिए । दीपेन्द्र र पवनले छैटौं विकेटका लागि ५५ रनको साझेदारी गरे । दीपेन्द्र ४७ रनमा अविजित रहे भने पवन १८ रन बनाएर आउट भए ।

१०।१ ओभरमा सन्दीप जोरा आउट हुँदा नेपालको स्कोर ५ विकेटको क्षतिमा ४६ रन मात्रै थियो । त्यसपछि ब्याटिङ गर्न आएका पवनले दीपेन्द्रसँग मिलेर नेपाललाई जित दिलाएका हुन् ।निकै दबाबमा आइपुगेको नेपाली टिमलाई पवन र दीपेन्द्रले जीततर्फ लैजान सफल भए । पाँच विकेट गुमाई सकेको अवस्थामा निकै धैर्यता राख्दै खेलेका नेपाली खेलाडीहरुले अब तेश्रो र निर्णायक खेलमा युइएलाई हराउन सके टी २० मा पनि नेपालले सिरिज जित्ने छ ।

नेपाललाई ५ बलमा ७ रनको आवश्यकता परेको बेला विकेट आउट भएपछि सोमपाल आएका थिए । पाँच बल बाँकी रहेको बेला दीपेन्द्र ऐरीले छक्का र चौका प्रहार गरेपछि नेपाल जितेको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!