नेपालको १०० रन पूरा, जीतका लागी अब ८ रन आवश्यक

काठमाडौं, माघ १८ । यूएई विरुद्धको दोस्रो टी- २० खेलमा नेपालले १०० रन पूरा गरेको छ । नेपालले ५ विकेटको क्षतिमा १०० रन पूरा गरेको हो । आज नेपालले खराब शुरुवात गर्यो ।

आज कप्तान पारस खड्का ०, ज्ञानेन्द्र मल्ल ७, करण केसी ३०, सन्दीप जोरा १, प्रदीप ऐरी ८ रनमा आउट भए । नेपाललाई अब जीतका लागि ८ रन आवश्यक छ ।

यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको यूएईले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १०७ रन बनाएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!