तीन दिनमै चोरीमा संलग्न १२४ जना पक्राउ

काठमाडौं, माघ १८ । काठमाडौंमा विभिन्न स्थानबाट प्रहरीले चोरीमा संलग्न १२४ जनालाई पक्राउ गरेको छ । गत १५ गतेदेखि विशेष अभियान सञ्चालन गरेको प्रहरीले तीन दिनमै १२४ जना पक्राउ गरेको हो ।

उनीहरुलाई महानगरीय प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान शाखाले संयुक्तरुपमा अभियान चलाएर रंगेहात र अनुसन्धानका क्रममा पक्राउ गरेको हो ।

पक्राउ परेका मध्ये तीन महिला र २१ पुरुषलाई पूर्पक्षका लागि जेल चलान गरिएको प्रहरीले जानकारी दिएका छ । यस्तै दुई महिला र १८ जना धरौटीमा छुटेका छन् भने ८३ जनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!