नेपाललाई तेस्रो झड्का, उपकप्तान पनि आउट (लाइभ)

काठमाडौं, माघ १८ । यूएईले दिएको १०८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले तेस्रो विकेट गुमाएको छ । तेस्रो विकेटका रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ल आउट भए । उनी आज पनि सात रनमा मैदान बाहिरिए । ज्ञानेन्द्रलाई सुल्तान अहमदले आउट गरे । यसअघि, नेपालले कप्तान पारस खड्का र प्रदीप ऐरी आउट भइसकेका छन् ।

पारसलाई यूएईका जाहुर खान र प्रदीपलाई मोहम्मद नाभिदले आउट गरे । यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको यूएईले १९।२ ओभरमा ओभरमा सबै विकेट गुमाउँदै १०७ रन बनाएको छ । उसका लागि सिपी रिजवानले सर्बाधिक ४४ रन प्रहार गरे ।

बलिङमा नेपालका अविनाश बोहराले ३, सन्दीप लामिछाने, सोमपाल कामी र करण केसीले समान दुई(दुई र करण केसीले एक विकेट लिन सफल भए । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!