नेपालको खराब शुरुवात, दोस्रो ओभरमै गुमायो २ विकेट (LIVE)

काठमाडौं, माघ १८ । यूएईले दिएको १०८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले दोस्रो विकेट गुमाएको छ । पहिलो विकेटका रुपमा कप्तान पारस खड्का गुमाएको नेपालले दोस्रो ओभरमा प्रदीप ऐरी गुमाएको छ ।

पारसलाई यूएईका जाहुर खान र प्रदीपलाई मोहम्मद नाभिदले आउट गरे । यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको यूएईले १९।२ ओभरमा ओभरमा सबै विकेट गुमाउँदै १०७ रन बनाएको छ । उसका लागि सिपी रिजवानले सर्बाधिक ४४ रन प्रहार गरे ।

बलिङमा नेपालका अविनाश बोहराले ३, सन्दीप लामिछाने, सोमपाल कामी र करण केसीले समान दुई-दुई र करण केसीले एक विकेट लिन सफल भए । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!