नेपाललाई पहिलो झड्का, पारस शून्य रनमा आउट (लाइभ)

काठमाडौं, माघ १८ । यूएईले दिएको १०८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले पहिलो ओभरमै विकेट गुमाएको छ । पहिलो विकेटका रुपमा नेपालले कप्तान पारस खड्कालाई शून्य रनमा गुमाएको हो ।

पारसलाई यूएईका जाहुर खानले आउट गरे । यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको यूएईले १९.२ ओभरमा ओभरमा सबै विकेट गुमाउँदै १०७ रन बनाएको छ । उसका लागि सिपी रिजवानले सर्बाधिक ४४ रन प्रहार गरे ।

बलिङमा नेपालका अविनाश बोहराले ३, सन्दीप लामिछाने, सोमपाल कामी र करण केसीले समान दुई-दुई र करण केसीले एक विकेट लिन सफल भए । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!