नेपाललाई पाँचौ सफलता, करण केसीले लिए विकेट

काठमाडौं, माघ १८ । यूएई विरुद्धको टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले पाँचौ सफलता प्राप्त गरेको छ । पाँचौ किवेटका रुपमा यूएईका मोहम्मद बुटा आउट भए । उनलाई करण केसीले मैदान बाहिर फर्काएका हुन् ।

यसअघि, सन्दीप लामिछानेले र सोमपाल कामीले समान दुईदुई विकेट लिइसकेका छ् । नेपालले आज टस हारेर बलिङको निम्तो पाएको छ ।आजको खेलम दुई जना खेलाडी परिवर्तन भएका छन् ।

टिमबाट रोहितकुमार पौडेल र बसन्त रेग्मी आउट हुँदा ललितनारायण राजवंशी र पवन सर्राफ टिममा परेका छन् । पवनको यो टी-ट्वान्टी क्रिकेटमा डेब्यु पनि हो । तीन खेलको टी-ट्वान्टी सिरिज अन्तर्गत नेपालले दोस्रो खेलमा आज युएईसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

पहिलो खेलमा यूएईसँग २१ रनले पराजित भएको नेपाललाई आजको खेलमा जित्नै पर्ने दबाब छ । आईसीसी क्रिकेट एकेडेमीमा हुने खेलमा नेपाल जित हात पार्ने लक्ष्यमा हुनेछ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!