अमेरिका जाने सजिलो बाटोः नक्कली विश्वविद्यालय, ८ भारतीय पक्राउ

नयाँ दिल्ली । संयुक्त राज्य अमेरिकामा नक्कली विश्व विद्यालयहरूमा भर्ना गराएको आरोपमा त्यहाँको प्रहरीले आठ भारतीयलाई पक्राउ गरेपछि अमेरिकी प्रवेशाज्ञा दिलाउने गिरोहको पर्दाफास हुने आशा गरिएको छ ।

गत वुधबार भएको उक्त गिरफ्तारीपछि सैकडौँ भारतीय मूलका विद्यार्थी गिरफ्तार हुनसक्ने जनाइएको छ । उनीहरूलाई भारत प्रत्यर्पण गरिने या उनीहरूविरुद्ध अपरिधिक मुद्दा चलाइने त्यहाँको प्रहरीले बताएको हिंदुस्तान टाइम्सले प्रकाशित गररेको समाचार अनुसार अमेरिकी एजेंटद्वारा चलाइएका ती विश्वविद्यालयहरूबारे गत बुधबार गरिएको एउटा स्टिंग अप्रेसनमा खुलासा भएको थियो । ती विश्वविद्यालयका संचालकहरूले कम पढेका या त्यहाँ पढ्न आवश्यक हुने परीक्षाहरू उत्तीर्ण गर्न नसक्ने विद्यार्थीहरू रहने गरेका छन् । संचालकहरूले यत्यस्ता विद्यार्थीहरूको भिसाको दुरुपयोग गर्ने र उनीहरूको बसोबासको व्यवस्था मिलाउने गरेको बताइन्छ ।

त्यहाँको न्याय विभागको मिसिगन शाखाले ले यस प्रकारको भिसा ठगीमा आठ जनालाई गिरफ्तार गरिएको छ । उनीहरू भारतीय नागरिक या भारतीय मूलका अमेरिकी नागरिक भएको बताइन्छ ।

विद्यार्थी भिसामा अमेरिका प्रवेश गर्न सजिलो हुने भएकाले धेरैले अमेरिका प्रवेश गर्ने सजिलो माध्यमको रूपमा यस्ता नक्कली विश्वविद्यालयलाई लिने गरेको बताइन्छ । हाल गिरफ्तार हुनेहरू डेट्रोइट इलाकामा संचालित एउटा कथित नक्कली विश्वविद्यालयमा विद्यार्थीको रूपमा भर्ना भएर देशका विभिन्न भागमा काम गरिरहेको बताइन्छ । यी विद्यार्थीहरूको प्रत्यर्पण गर्न सकिने बताइएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!