वरिष्ठ कलाकार बीएस राणाको निधन

काठमाडौं, माघ १८ । वरिष्ठ कलाकार बीएस राणाको निधन भएको छ । ७८ वर्षका राणालाई श्वासप्रश्वासको समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उनी चर्चित नेपाली ऐतिहासिक चलचित्र ‘बसन्ती’ मा गरेको अभिनयका कारण चिनिन्छन् । साथै, उनले चिनो, लाहुरे, करोडपति, दक्षिणा, बलिदान, सेतोबाघलगायत दर्जनौं चलचित्रमा अभिनय गरेका छन् ।

राणा प्रधानमन्त्री पद्मशमशेरका नाती रहेका बीएले भारतको दार्जीलिङमा अध्ययन गरेका थिए। उनले बेलायत, मुम्बईलगायत ठाउँमा पनि रंगमञ्चमा नाटक खेलेका थिए। उनले केही वर्ष अघि कोर्टमार्शलमा अभिनय गरेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!