जेसिबीले ठक्कर दिँदा दुईकाे मृत्यु

सिरहा : सिरहा नगरपालिका ११ पदमपुरमा सवारी दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ । 

गएकाे राती चोहर्वाबाट सिरहातर्फ आउँदै गरेको ‘अन टेष्ट’ जेसिबीले विपरित दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा ज्यान गएको हो । 

दुर्घटनामा स ७ प ८७४८ को मोटरसाइकलमा सवार सिरहा नपा ११ का ३५ वर्षिय विरेन्द्र पंडित र २८ वर्षिय दोरिक सदाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाका प्रमुख प्रहरी निरीक्षक मिलन सिंह बस्नेतले जानकारी दिए । उनकाअनुसार दुर्घटनापछि जेसिबी चालक फरार भएका छन् । जेसिबी र मोटरसाइकल प्रहरीको नियन्त्रणमा राखिएको छ । दुर्घटनामा जेसिबीको लापरवाही देखिएको प्रहरीको भनाई छ ।    

कमेन्ट गर्नुहोस्

error: Content is protected !!