नेपालीले आन्दोलन गरेको डव्लुआरपी कम्पनीलाई जरिवाना तिराउने मलेशियन सरकारको निर्णय

मलेशिया,माघ १८।मलेसियामा बिदेशी कामदारलाई तलब नदिने डव्लुआरपी कम्पनीलाई जरिवाना तिराउने सरकारले निर्णय गरेको छ।

मलेशियाको मानव संशाधन मन्त्रालयले नेपाली लगायतका विदेशी कामदारलाई तलव नदिने कम्पनी लाई तत्काल कारबाही गरिने बताउदै कामदारको तलव रोक्का राख्ने कम्पनी विरुद्ध कडा रूपमा प्रस्तुत हुने जनाएको छ। ।

तीन महिनादेखि तलव नपाएपछि नेपाली, बंगलादेशी लगायतका हजारौं कामदारहरु केहि दिन यता काम छोडेर आन्दोलनमा उत्रिएका थिए ।आन्दोलनले उग्र रुप लिएपछी नेपाली दूतावासको समन्वयमा भएको छलफल पश्चात नेपाली श्रमिक काममा फर्किन सहमत भएका थिए।

सो कम्पनीले गत नोभेम्वरदेखि कामदारको तलव नदिएको भेटिएको छ । गत मंगलवार सो कम्पनीले आगामी फेब्रुअरी १६ भित्रमा सवै रकम चुक्ता गर्ने सहमति जनाएपनि सो कम्पनीले कानूनी कारवाही भोग्नुपर्ने मन्त्रालयले बताएको छ ।

बिहिवार मन्त्रालयद्धारा जारी विज्ञप्तीमा मलेशियाको श्रम विभागले सो कम्पनीलाई कारवाही गर्ने विषयमा तयारी थालिसकेको र बिदेशी कामदार प्रति कम्पनीले देखाएको रबैयाको कडा सजाय भोग्नुपर्ने स्थानीय सन्चार माध्यमले जनाएका छन्।

नेपालि लगायत अन्य मुलुकका हजारौं कामदार कार्यरत रहेको उक्त कम्पनीले हातमा लाउने पन्जा उत्पादन गर्ने गर्द छ भने सो कम्पनी लाई नेपाल सरकारले यसअघि नै कालो सुचिमा समेत राखिसकेको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!