दुई राप्रपाबीच अाज एकता हुने, चुनाव चिन्ह हलाेमा सहमति

काठमाडौं।   राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)बीच शुक्रबार पार्टी एकताको घोषणा हुँदै छ ।  राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा र राप्रपा (राष्ट्रवादी)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले बिहीबार सहमति पत्रमा हस्ताक्षर गरेपछि दुवै पार्टीबीच एकताको टुंगो लागेको हो ।
याे समाचार राजधानी दैनिकबाट लिईएकाे हाे।।

राजधानीको राष्ट्रिय सभागृहमा शुक्रबार एकताको घोषणा हुने राप्रपा (प्रजातान्त्रिक) का प्रवक्ता राजेन्द्र गुरुङले जानकारी दिए । उनले दुवै राप्रपाबीचको एकतापछि पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) रहने सहमति भएको बताए ।
‘दुवै राप्रपाबीच शुक्रबार राष्ट्रिय सभागृहमा एकता घोषणा हुने तय भएको छ । पार्टी एकतापछिको पार्टीको नाम राप्रपा (संयुक्त) रहने दुवै अध्यक्षबीच सहमति भएको छ,’ राप्रपा (प्रजातान्त्रिक) का प्रवक्ता गुरुङले राजधानीसँग भने ।

दुवै अध्यक्षले बिहीबार चावहिलस्थित राप्रपा (प्रजातान्त्रिक)को केन्द्रीय कार्यालयमा सहमति पत्रमा हस्ताक्षर गरेका थिए । एकता पछि पार्टीले राजासहितको प्रजातन्त्र र हिन्दू राष्ट्रको मुद्दालाई सशक्त रूपमा उठाउने प्रवक्ता गुरुङले जानकारी दिए ।
राप्रपा (राष्ट्रवादी)का सहप्रवक्ता जनक पाठकका अनुसार दुवै राप्रपाबीचको एकता घोषणापछि पार्टीको चुनाव चिह्न भने ‘हलो’ रहने सहमति भएको छ । यस्तै, एकतापछि पार्टीमा दुवै जना अध्यक्ष समान हैसियतमा रहने गरी दुई नेताबीच सहमति भएको पनि उनले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!