ओडार भत्केर पुरिएका २ जना गोठाला मृत फेला, २ भेडा जीवितै भेटिए

धादिङ — बास बसेको ओडारभत्केर पुरिएका २ जना गोठालाको शव पाँचदिन पछि फेला परेको छ । गत आइतबार बस्तीमा अत्यधिक हिउँ परेपछि रुवीभ्याली ४ हिन्दुङका ४७ वर्षीय नुर्बु तामाङ र उनका १८ वर्षीय साला धनबहादुर तामाङ ओडार भत्किएर पुरिएका थिए । उनीहरुको शव बिहीबार साँझ फेला परेको प्रहरीले जनाएको छ । 

हरिहरसिंह राठाैरले लेखेकाे याे समाचार अाजकाे कान्तिपुरमा प्रकाशित छ ।

तामाङद्वय सकुशल रहेको अनुमानसहित सशस्त्र प्रहरीको कुरिनटारस्थित विपद व्यवस्थापन तालिम केन्द्रका १६ जना र जनपद प्रहरीका ६ जना मंगलबार साँझबाट उद्धारमा खटिएका थिए । उद्धार टोलीले ३१ घण्टापछि करिब २० मिटर पहिरो पन्छाई उनीहरुको शव निकालेको हो । सँगै सुतेका उनीहरुको ढुंगाले च्यापेको अवस्थामा शव भेटिएको सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक दर्शन गिरीले कान्तिपुरलाई बताए ।

शवहरु स्थानीयको मुचुल्का बनाई सदगत गर्न आफन्तहरुलाई नै जिम्मा लगाइएको छ ।

ओडार भत्कँदा झन्डै एक सय ५० भेँडाबाख्रा पुरिएको आशंका छ । तर, अहिलेसम्म उद्धार टोलीले ४ भेंडा जीवितै निकालेको प्रहरी नायव उपरीक्षक गिरीले बताए । उनले पहिरो हटाउन कार्य चलिरहेको बताए

कमेन्ट गर्नुहोस्

error: Content is protected !!