अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि छुट्टयाइएको जग्गाविरुद्ध मुद्दा

काठमाडौं । सर्वोच्च अदातलमा मुद्दा परेको जग्गामा धुर्मुस-सुन्तली फाउन्डेसनलाई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको जिम्मा दिइएको छ ।

आजको नेपाल समाचारपत्र दनिक्मा खबर छ – त्रिभुवन विश्वविद्यालयको स्वमित्वमा रहेको ३ सय ५६ बिगाहा जग्गा २०६७ सालमा गठित कृषि तथा विश्वविद्यालयले भोगचलन गर्न पाउनु पर्ने माग राखी सर्वोच्च मुद्दा हालेको थियो ।

मुद्दाको किनारा नै नलागी भरतपुर महानगरपालिकाले २० बिगाहा ८ कठ्ठा जग्गा सङ्गशाला निर्माण गर्न सम्झौता गरेको हो । फाउन्डेसन र उक्त महानगरबीच रङ्गशाला बनाउन सम्झौता भएपछि विवाद भएको हो । यो समाचार आजको नेपाल समाचार पत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।

यता भरतपुर महानगरपालिकाले भने जग्गाकाे कुनै विवाद नभएकाे जनाएकाे छ । महानगरपालिका, त्रिभुवन विश्वविद्यालय र रामपुर क्याम्पसबीच त्रिपक्षीय सम्झाैता गरिएकाेले विवाद छ भन्नू गलत भएकाे महाननरपालिकाले जनाएकाे छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!