मन्त्री–सचिव कुटाकुटले कर्मचारी आन्दोलनमा, कामकाज ठप्प

जनकपुर, पुष ३० । प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव र वन, पर्यटन, वातावरण तथा उद्योग मन्त्रालयका सचिव बिद्यानाथ झाबीच भएको कुटपिटपछि कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

कुटपिटको विरोधमा प्रदेश २ का मन्त्रालयका कर्मचारीले हातमा कालो पट्टी बाँधेर बिरोधमा उत्रिएका हुन् । कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि प्रदेश सरकारको काम समेत ठप्प भएको छ। प्रदेश सरकारका कर्मचारीहरुको आन्दोलनमा धनुषाका कर्मचारीहरु पनि मिसिएका छन्।

मन्त्री यादवले आइतबार सचिव झालाई आफूले सिफारिस गरेको एनजिओलाई कार्यक्रम नपारिदिएको झोंकमा झापड हिर्काएको बताइएको छ। तर, मन्त्री यादवले आफ्नो कार्यकक्षमा सचिवले अभद्रता देखाउँदा भनाभन मात्र भएको दाबी गरेका छन् ।

कमेन्ट गर्नुहोस्