क्रिकेट खेल्दा खेल्दै खेलाडीको मृत्यु

एजेन्सी । क्रिकेट खेल्दा खेल्दै भारतमा एक खेलाडीको मृत्यु भएको छ । ती खेलाडीको रन लिने क्रममा हर्टअट्याकको कारण मृत्यु भएको हो । खेलमा रन लिएपछि जब नन स्ट्राइकमा पुगे । तब उनी मैदानमा ढलेका थिए। यसपछि उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा उनको ज्यान गएको भारतीय मिडियाले जनाएका छन्।

गोवाका पूर्व रणजी क्रिकेटर ४६ वर्षिय राजेश घोडगे आइतबार दक्षिण गोवामा भइरहेको एक प्रतियोगितामा रन लिए लगत्तै मैदानमै ढलेका थिए।प्रतियोगितामा ३० रन बनाइसकेका घोडगे नन स्ट्राइकहुँनासाथ मैदानमा ढलेको प्रतियोगिता आयोजक मार्गावो क्रिकेट क्लबका सचिव पूर्व भाम्ब्रेले बताए।

मैदानमै लडेका उनलाई नजिकको ईएसआई अस्पतालमा लगिएको थियो। त्यसपछि थप उपचारका लागि ३० किमी टाढा एक निजी अस्पतालमा भर्ना गरिएको थियो। तर अस्पताल भर्ना गरेलगत्तै चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए।

कमेन्ट गर्नुहोस्