चितवनमा ‘ब्यावसायिक भैंसीपालन तालिम’ कार्यक्रम सम्पन्न

काठमाडौं, पुस ३० । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका आफना २७ जना सदस्यहरुको सहभागितामा गत मंसिर २६ गतेदेखि २८ गतेसम्म चितवन जिल्लाको भण्डारामा ‘ब्यावसायिक गाई तथा भैंसीपालन तालिम’ सम्पन्न गरेको संस्थाका भण्डारा शाखाका शाखा प्रमुख बिष्णु बहादुर कुँवरले जानकारी गराएका थिए । यस तालिममा प्रशिक्षकहरु रुद्रकुमार श्रेष्ठ, पे्रमराज घिमिरे रहेका थिए ।

एक परिवारमा एक जना उद्यमी बनाउन संस्थाले पहल गरिरहेको, संस्थाले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिइरहेको यस संस्थाबाट कर्जा लिई व्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको समेत संस्थाका कार्यक्रम अधिकृत परमेश्वर चौधरीले बताएका थिए । तालिममा सहभागीहरुलाई स्वागत भण्डारा शाखाका प्रमुख बिष्णुबहादुर कुँवरले गर्नुका साथै तालिमको उद्देश्य तथा महत्वको बारेमा संस्थाका कार्यक्रम अधिकृत परमेश्वर चौधरीले प्रकाश पारेका थिए ।

तालिममा नेपालमा पशु पंक्षिको महत्व, गाईभैंसीको स्थानीय र उन्नत जात, गोठ निर्माण, सुधार तथा व्यवस्थापन, रोगी र निरोगी पशु, गाईभैसीलाइ लाग्ने आन्तरिक परजीवी तथा बाह्य परजीवीबारे जानकारी र रोकथाम उपचार विधि, नश्ल सुधार, पशु बिमा तथा फर्म दर्ता, कृत्रिम गर्भदान र यसको फाइदा, बाँझोपन थुनेलो लगायत गाइभैसीमा लाग्ने रोगहरुबारे जानकारी र रोकथाम उपायहरु, स्थानीय तहमा पशुको दाना तथा पोषिलो घाँस बनाउने सम्बन्धी विषयहरु तथा बचतको महत्व तथा संस्थाको पब्लिक डिपोजिटको बारेमा, संस्थाका सेवाहरुको आदि बारेमा यस तालिममा सहभागीहरुले जानकारी हासिल गर्ने भण्डारा शाखाका शाखा प्रमुख बिष्णुबहादुर कुँवरले बताएका थिए ।

यो निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड ७ वटै प्रदेशका देशको ७७ वटै जिल्लाहरुको शाखा संञ्जाल रहेको नेपालको एकमात्र सबैभन्दा ठूलो लघुवित्त संस्था हो । संस्थाले १८१ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९२ वटा कार्यालयहरुको स्थापना गरी संस्थाले लघुवित्त सेवा पु¥याइरहेको छ ।

संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पीडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विना धितो लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आर्थिक, सामाजिक, वौद्धिक विकास गर्दै आइरहेको छ । यस संस्थाले देशको कुनाकुनामा शाखाहरु स्थापना गरी सदस्यहरुलाई सीप विकास तालिम प्रदान गर्दै आइरहेको छ साथै तालिम लिएका सदस्यहलाई आवश्यकतानुसार लगानी समेत गर्दै आइरहेको छ ।

संस्थाले २०७५ कात्र्तिक मसान्तसम्ममा ३ लाख २८ हजार ९०६ घरपरिवारहरुमा सेवा विस्तार गरेको छ । संस्थाले २०७५ कात्र्तिक मसान्तसम्ममा लगानीमा रहेको कर्जा रु.१६ अरब ११ करोड ८१ लाख रहेको छ भने ग्राहक सदस्यहरुका ९ अरब १३ करोड ६५ लाख बचत परिचालन गरेको छ । भैंसीपालन गरी रहेकार गर्न ईच्छुक संस्थाका ग्राहक सदस्यहरुलाई थप ज्ञान, सीप प्रदान गर्न यस तालिममा सहभागी गराईएको संस्थाका भण्डारा शाखाका प्रमुख बिष्णु बहादुर कुँवरले जानकारी गराएका थिए ।

तालिमको अन्त्यमा तालिमको मूल्याकंन सहभागी सानुमाया सार्की, सहभागी अप्सरा भण्डारीले मन्तब्य राखेका थिए । ब्यावसायिक रुपमा गाई तथा भैंसीपालन गरेमा राम्रो फाईदा लिन यस तालिमले सहयोग गर्ने सहभागीहरुले बताएका थिए । गाई तथा भैंसीपालन गरिरहेका गर्न ईच्छुक संस्थाका ग्राहक सदस्यहरुलाई थप ज्ञान, सीप प्रदान गर्न यस तालिममा सहभागी गराईएको संस्थाका कार्यक्रम अधिकृत परमेश्वर चौधरीले जानकारी गराएका थिए । तालिमको संचालन भण्डारा शाखाका प्रमुख बिष्णु बहादुर कुँवरले गरेका थिए ।

कमेन्ट गर्नुहोस्