कामदारको हकहितका लागि नेपाली दूतावास बहराइन द्वारा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न

बहराइन,पुष २९। नेपाली राजदुतावास बहराइनले त्यहाँ कार्यरत नेपाली कामदारका हकहित र दूतावासको सेवा सुबिधा र प्रक्रिया बारे जानकारी गराउन आयोजना गरिएको अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।

कार्यक्रममा नेपाली दूतावास बहराइनका राजदूत पदम सुन्दासले सहभागीहरुलाइ सम्बोधन गर्दै उठेका प्रश्नको जबाफ दिएका थिए । दूतावासले आर्थिक तथा सास्कृतिक कुटनिती संगै सम्बन्धित कार्यक्रमहरु संचालन गर्दै दुईपछिए सम्बन्ध थप सुदृढ बनाउदै जानुपर्ने र त्यसका लागि बहराइनमा कार्यरत सम्पुर्ण नेपाली कामदार र संघसस्थाहरु मिलेर स्थानीय कानुनको सम्मान गर्दै व्यावसायिकता साथ काम गर्न सहभागीहरुलाइ आह्वान समेत गरेका थिए।

दूतावासको भवनमा सामुहिक परिचय बाट सुरु गरिएको कार्यक्रममा उप नियोग प्रमुख खगराज पाण्डेले बहराइनमा कार्यरत नेपाली कामदार लाई आफ्नो स्वास्थको ख्याल गर्दै आर्जन गरिएको पारिस्रमिक लाई सहि ठाउँमा सदुपयोग गर्न एवं नेपाल र नेपालीको हित संरक्षण तथा प्रबर्द्धन गर्न अनुरोध गर्दै गत बर्ष दूतावासबाट भएका कामकारबाही,प्रदान गरिएका सेवा सुबिधा,कामदारको अवस्था कानुन तथा नीति नियम लगाएतको बिसयमा जानकारी दिएका थिए।

कार्यक्रमलाई दूतावासका तृतीय सचीव रुउष कार्कीले सहजीकरण गरेका थिए भने सहभागी हरु बाट प्राप्त गुनासो र सुझाव लाई संकलन गरिएको थियोे ।

कमेन्ट गर्नुहोस्