कार्यकक्षमै बोलाएर मन्त्रीले कुटे सचिव

जनकपुर, पुष २९ । प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सचिवमाथि कुटपिट गरेका छन् । आइतबार मन्त्री यादवले उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आफ्नै कार्यकक्षमा बोलाएर कुटपिट गरेका हुन् । कुटाई खाने सचिवलाई प्रहरीले उल्टै नियन्त्रणमा लिएको छ ।

संघीय सरकारले सशर्त अनुदानअन्तर्गतको गरिबी निवारणका उद्यम कार्यक्रमका लागि आफ्नो एनजीओलाई छनौट नगरेको भन्दै मन्त्री यादवले आफूमाथि कुटपिट गरेको पीडित सचिव झाले बताए। क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि मन्त्रालयमा १ सय ९३ वटा गैरसरकारी संस्थाहरुले आशय पत्र दिएका थिए। त्यसमा ४० वटा संस्था छनोट भएका थिए।

सचिव झालाई मन्त्रीले कुटपिट गरेपछि कर्मचारीहरुले मुख्य ढोकामा धर्ना दिएका थिए। मन्त्री कोठामै थुनिएपछि सचिव झालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!