मन्त्री पण्डित भन्छन्, ‘सरकार अब चुप लाग्न लाग्दैन’

काठमाडौं, पुष २९ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजनपछि पनि कार्यक्षेत्रमा जान अटेर गर्ने कर्मचारीलाई तुरुन्त बिदा गरिने चेतावनी दिएका छन् । अनलाईन फारममा उल्लेख गरेअनुसार नै कर्मचारीको समायोजन प्रक्रिया सुरु हुने बताउदै मन्त्री पण्डितले खटाएको क्षेत्रमा नगए अब सरकार चुप लागेर बस्न नसक्ने उनले बताए ।

मन्त्री पण्डितले स्थानीय तहमा समायोजन हुन चाहाने कर्मचारीका लागि बरिष्ठता, रोजेको स्थान र घरपायक क्षेत्रलाई प्राथमिकता दिने व्यवस्था अध्यादेशमै रहेकाले त्यसमा एक ईन्चपनि तलमाथी हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।

केन्द्रका ४५ हजार बाहेक ६० हजार कर्मचारीले अनलाईन फारम भरिसकेको भन्दै मन्त्री पण्डितले बाँकी १८ हजार कर्मचारीले यसैसाता भित्र फारम भरिसक्ने बिश्वास व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्