‘क्याथफेष्ट २०१९ सुरु, भोलिसम्म चल्ने

ललितपुर, पुस २९ । ललितपुरको बालकुमारीस्थित क्याथफोर्ड इन्टरनेसनल कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा क्याथफेष्ट २०१९ आइतबारबाट सुरु भएको छ ।

‘नेपालका समस्याहरूको समाधान’ नारा दिइएको यस मेलामा नेपाली समाजले देखे–भोगेका समस्यालाई प्रविधिमार्पmत् सम्बोधन गर्न खोजिएको बताउँछन्, कलेजका प्राचार्य डा.मधु सूदन कायस्थ ।

सो प्रदर्शनीमा सफ्टवेयर र हार्डवेयर प्रदर्शनी, रोबोट प्रतिस्पर्धा, मल्टिमिडिया गेम प्रतिस्पर्धा, ड्रोन रेस, सिभिल मोडलिङ, हाजिरी जवाफलगायत विविध कार्यक्रमहरू समावेश छन् । विद्यार्थीहरूद्वारा नेतृत्व लिइएको उक्त कार्यक्रममा इन्जिनियरिङ, सूचना प्रविधि तथा व्यवस्थापन संकाायका १३ वटा कलेजका विद्यार्थीहरूको संलग्नता रहेको छ ।

प्रदर्शनीका लागि काठमाडौँ उपत्यकाका विविध स्थानहरूबाट विद्यार्थी, प्राज्ञ, उद्योगी–व्यवसायी, सरकारी वा गैरसरकारी क्षेत्रका प्रतिनिधिहरू तथा अन्य दर्शकहरूले अवलोकन गरिरहेका छन् । उक्त प्रदर्शनी भोलि सोमबारसम्म चल्ने छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!