नवगायक सञ्जयको ‘तिमी बिना निरश’ गीत सार्वजनिक (भिडियोसहित)

नवगायक सञ्जय पाण्डेको स्वरमा रहेको ‘तिमी बिना निरश’ बोलको गीत सार्वजनिक भएको छ ।

संगीतमा एमए गरेका गायक पाण्डे संगीतका साधक हुन् । नेपाली संगीत क्षेत्रमा केही गर्ने प्रणका साथ उनी निरन्तर संगीत साधनामा तलिन छन् । उनै कुशल गायक पाण्डेको संगीत रहेको यस गीतमा योगन्द्र उपाध्यायको शब्द सृजना रहेको छ ।

भविष्यमा कुशल गायक तथा संगीतकार बन्ने दृढ संकल्प उनमा छन् । यसअघि उनले केही गीतहरुमा आफ्नो स्वर भरिसकेका छन् । उनी नेपाली संगीत क्षेत्रमा चम्किला तारा हुन ।

कमेन्ट गर्नुहोस्