शुक्रबारसम्म महँगिएको सुनको भाऊ आइतबार घट्यो !

काठमाडौं, पुष २९ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ ।

शुक्रबार सुन तोलाको ६० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महास‌ंघले जानकारी दिएको छ ।

शुक्रबार तेजावी सुन तोलामा ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर ६० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आइतबार बजारमा चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ ।

शुक्रबार बजारमा चाँदी तोलामा ७ सय ६५ कारोबार भएको थियो भने आज घटेर तोलाको ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको थियो ।

कमेन्ट गर्नुहोस्