सावित्री सुवेदी भन्छिन्, ‘परस्त्रीसँग रमाइलो गर्ने र श्रीमतीलाई पिट्ने व्यक्तिले मात्रै रबिलाई समर्थन गरेका छन्’

काठमाडौं, पुष २९ । सावित्री सुबेदी महिला अधिकारबारेमा बोल्दै आएकी छन् । उनले धेरै पिडीत महिलाको अधिकारको पक्षमा लडिरहेकी छन् । र पटकपटक चर्चामा आइरहेकी छन् ।

विभिन्न कारणले चर्चामा आइरहने सावित्रीले पछिल्लो पटक दिएको एक अभिव्यक्तिले सामाजिक सञ्जाल तताएको छ । उनले लोकप्रिय टेलिभिजनकर्मी रवि लामिछानेबारे दिएको अभिव्यक्तिका कारण सावित्रीको चर्चा सामाजिक सञ्जालमा चुलिएको हो ।

युट्युबर सोनीका रोकायाको सोनीका शो कार्यक्रममा सावित्रीले रबि लामिछानेकोबारे आफ्नो अभिव्यक्ति दिएकी छन् । उनले रबि लामिछाने र उनीको पूर्वपत्नीको बिषयलाई लिएर कडा टिप्पणी गरेकी हुन् ।

रबि लामिछानेलाई सबैले सहि भनेका छन् नि भन्ने प्रश्नमा सावित्रीले भनेकी छिन – ‘जसले घरमा श्रीमती रुवाएर परदेशमा परस्त्रीसंग रमाइलो गर्ने, घरको श्रीमतीलाई पिट्ने व्यक्तिले मात्रै रबि लामिछानेलाई सपोर्ट गरेको छ ।

एउटा स्वस्थ पुरुषले जसले चाही बहुबिबाह गर्नु हुदैन, महिला बजारका बस्तु हैनन् भन्ने पुरुषले रबिलाई सपोर्ट गरेको छैन’। बाँकी भिडियोमा

कमेन्ट गर्नुहोस्