भारतीय राष्ट्रपतिले गरे नेपाली भाषामा ट्वीट

काठमाडौं, पुष २८ । भारतीय राष्ट्रपति रामनाथ कोबिन्दले नेपाली भाषामा ट्वीट गरेका छन् । उनले नेपालका सेनापतिलाई सम्मान गरेको फोटो सार्वजनिक गर्दै नेपाली भाषामा ट्वीट गरेका हुन् । शनिबार राष्ट्रपति कोबिन्दले आफ्नो आधिकारिक अकाउन्ट ट्वीटरमा नेपाली भाषामै नेपालका सेनापति पूर्णचन्द्र थापाको तारिफ गरेका छन् ।

नेपालका सेनापति श्री पूर्णचन्द्र थापालाई भारतीय राष्ट्रपति कोबिन्दले सम्मान गरेका फोटो उनले सार्वजनिक गरेका छन् । थापाले नेपाली सेनाका लागि गरेका योगदान र भारतसँगको मैत्रीपूर्ण सम्बन्धको प्रगाढताको लागि दिएको योगदानको सम्मान गर्दै राष्ट्रपति कोबिन्दले उनलाई भारतीय सेनाको मानार्थ सेनापतिको दर्जा प्रदान गरेका छन् ।

कमेन्ट गर्नुहोस्