दलहरूमाथि खनिए पूर्वराजा ज्ञानेन्द्र [पूर्णपाठसहित]

काठमाडौं, पुष २६ । पूर्वराजा ज्ञानेन्द शाहले दिव्य उपदेशको मर्म अनुरुपको व्यवहार गर्न नखोज्दा मुलकुको अस्तित्वमा घात प्रतिघातको कालो बादल मडारिएको बताएका छन् ।

राष्ट्र एकीकरणका नायक पृथ्वी नारायण शाहको दुई सय ९७ औँ जयन्तीको पूर्वसन्ध्यामा जारी वक्तव्यमा पूर्वराजाले यस्तो बताएका हुन् । हुने वक्तव्यमा भनेका छन्, ‘नेपाल चार वर्ण छत्तीस जातको फूलबारी हो, मेरा साना दुखले आर्ज्याको मुलुक हैन सबैलाई चेतना भया’ भन्ने दिव्य उपदेशको मर्म अनुरुपको व्यवहार गर्न नखोज्दा मातृभुमिको अस्तित्वमा घात प्रतिघातको कालो बादल मडारिएको छ ।’

नेपाल रहँदा मात्र नेपाली हुनुको गौरव जीवन्त रहने यथार्थलाई आत्मसाथ गर्दै राष्ट्र निर्माता श्री ५ बडामहाराजधिराजको पदचापमा हिँडने प्रेरणा सबै नेपालीलाई प्राप्त हुने विश्वास व्यक्त गर्दै सन्देशमा उनले भनेका छन्, ‘एउटा स्वतन्त्र देश राष्ट्रको सबैभन्दा महत्वपूर्ण क्षण राष्ट्र निर्माणकै दिन हो। राष्ट्र निर्माणमा बलिदान गर्ने तमाम वीर विरंगना एवम् सपुतहरुको उत्सर्ग हामी कहिल्यै भुल्न सक्दैनौँ। भुलेर, अल्मलिएर र आफ्नै अस्तित्व बोधबाट विस्मरण गर्दा देश यतिबेला जुन सकसपूर्ण र कपटपूर्ण अवस्थाबाट गुज्रँदै छ यसले बडामहाराधिराजका दिव्य उपदेशको औचित्य स्मरण गराई रहेको छ। नेपाल चार जात छत्तीस वर्णको फूलबारी हो, मेरा साना दुखले आर्ज्याको मुलुक होइन सबैलाई चेतना भया भन्ने दिव्य उपदेशको मर्म अनुरुपको व्यवहार गर्न नखोज्दा मातृभूमिको अस्तित्वमा घात प्रतिघातको कालो बादल मडारिएको छ। एउटा नागरिकको निम्ति देशभन्दा ठूलो अर्को कुनै वाद र विचार हुनसक्दैन। नेपाली नेपालीबीच फाटो पैदा गर्ने, दुराग्रह बढाउने, सार्वभौमिक सर्वोच्चता, राष्ट्रिय एकता र सामाजिक सद्भावलाई क्षति पुर्‍याउने अनुशासनहीनता र अराजकतालाई प्रोत्साहन गर्नेजस्ता कार्य कुनै वाद र विचारका आडमा गरिनु हुँदैन भन्ने मेरो मान्यता रहेको छ।’

कमेन्ट गर्नुहोस्