सम्बन्धित निकायमा सही व्यक्ती छनौट नहुँदा खेलाडीका अपेक्षा पूरा भएनन्ः प्रचण्ड

काठमाडौं, पुष २६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले खेलकुदको माथिल्लो निकायमा हुने नियुक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन् । खेलकुदको विकास गर्ने ठाउँमा सही व्यक्ति छनौट नगर्दा यस क्षेत्रले सोचेअनुरुप प्रगति गर्ने नसकेको भन्दै प्रचण्डले असन्तुष्टि जनाएका हुन् ।

बिहीबार पाँचौं सगरमाथा अन्तराष्ट्रिय कराँते प्रतियोगिताको काठमाडौंमा उद्घाटन गर्दै उनले भने, ‘खेल क्षेत्रमा जे जस्तो प्रगति होला । र, यो क्षेत्रमा जति सही मानिसहरुलाई चयन गरिएला भन्ने खेलाडीहरुको अपेक्षा हो, त्यो अपेक्षा पूरा भएको छैन ।’

अध्यक्ष प्रचण्डले नेपालको खेलकुद क्षेत्रको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे । उनलेविद्यालय तहदेखि नै कराते खेलको विकासका लागि आवश्यक बजेटको व्यवस्था गर्न लागिपर्ने आश्वासन पनि दिए ।

स्वस्थ नागरिक र सृजनात्मक मुलुकका लागि पनि आफूले खेलकुद क्षेत्रको विकासमा जोड दिँदै आएको अध्यक्ष प्रचण्डले बताए । उनले आफूले सरकारको नेतृत्व लिएको बेला खेलकुद क्षेत्रको विकासमा लागि परेको दावी पनि गरे ।

 

कमेन्ट गर्नुहोस्