‘डिसहोम उज्वल भविष्य’ कार्यक्रम अन्तर्गत तराईका ४ विद्यालयमा शैक्षिक सामग्री वितरण

 काठमाडौं, पुस २६ । गुणस्तरिय शिक्षाको लागि डिशहोमले विपन्न परिवार तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक समाग्री वितरण गरेको छ । कम्पनीले रौतहट, बारा र पर्साको चार विद्यालयका विपन्न परिवार तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहितका झोला र न्यानो टोपीवितरण गरेको हो।

नेपालको कुना–काप्चासम्म टेलिभिजन सिग्नल पु¥याएर संचारको क्षेत्रमा क्रान्ति नै ल्याएको डिशहोमले विद्यार्थीहको गुणस्तरीय शिक्षाका लागि सहयोग पु¥याउने उद्देश्यले ‘डिशहोम उज्वल भविष्य’ कार्यक्रम अन्तर्गत उक्त सामाग्री वितरण गरिएको कम्पनीका ब्राण्ड म्यानेजर मनोज न्यौपानेले बताए ।

कार्यक्रमअन्तर्गत रौतहट जिल्लाको गौरमा रहेका श्री अधारभुत विद्यालय बालमन्दिरका विपन्न परिवार तथा जेहेन्दार ६० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहितका झोला र न्यानो टोपी वितरण गरिएको छ ।

कार्यक्रम रौतहट जिल्लाको डिशहोमका अधिकृत विक्रेता सन्तोष केशरीको अध्यक्षता तथा ब्राण्ड म्यानेजर मनोज न्यौपानेको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, नागरिक समाजका प्रतिनिधि, पत्रकारहरुको उपस्थिति रहेको थियो ।

यसै योजना अन्तर्गत डिशहोमले बारा जिल्लाको महागढीमाई नगरपालिकास्थित, श्री गढिमाई महेन्द्र उच्च माध्यमिक विद्यालयका विपन्न परिवारका तथा जेहेन्दार विद्यार्थीहरुलाई पनि शैक्षिक सामाग्री सहितका झोला तथा न्यानो टोपी वितरण गरेको छ ।

शैक्षिक सामाग्री महागढीमाई नगरपालिकाका उपप्रमुख तारा देविका मतको प्रमुख आतित्थ्यतामा २ नं. वडा अध्यक्ष वीरेन्द्रप्रसाद चौरसिया, समाजसेवी, शिक्षकतथा स्थानीयको सहभागितामा डिशहोमका वितरक बिक्की अग्रवालले वितरण गरे ।

यस्तै बाराकै सिम्रौन गढको श्री कँकाली उमाविका विपन्न परिवार तथा जेहेन्दार विद्यार्थीहरुलाई पनि शैक्षिक सामाग्री र चिसोबाट जोगिनका लागि न्यानो टोपी वितरण गरिएको छ ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहमान मिया अन्सारी लगायत नागरिक समाजका प्रतिनिधिहरु, सुरक्षा निकायका प्रतिनिधि, पत्रकार र स्थानीयको उपस्थितिमा सिम्रोन गढ नगरपालिकाका उपप्रमुख रिमा देविकुशवाहाले शैक्षिक सामाग्री वितरण गरेका थिए ।

डिशहोमले यसै कार्यक्रमअन्तरगतपर्सा जिल्लाको पोखरियास्थित श्री जिल्ला उचांगल रामदेव माविका विपन्न परिवारतथा जेहेन्दार विद्यार्थीहरुलाई पनि शैक्षिक सामाग्री वितरण गरेको छ ।

पोखरियाका नगर प्रमुख दिपनारायण रौनियारको उपस्थितिमा शिक्षक महासंघ पर्साका अध्यक्ष पर्वत ठाकुर, वडा नं.४ पोखरीयाका वडा अध्यक्ष लक्ष्मण साह लगायत नागरिक समाजका अगुवा, समाजसेवी, पत्रकार, सुरक्षा निकायका प्रतिनिधि र स्थानीयको सहभागितामा शैक्षिक सामाग्री वितरण गरिएको हो ।

डिसहोमले यसअघि पनि स्वास्थ्य र शिक्षाका क्षेत्रमा विभिन्न किसिमका सामाजिक कार्य गर्दै आइरहेको छ । डिशहोमले एसईई परिक्षा दिने विद्यार्थीहरुका लागि घरमै वसेर अंग्रेजी, विज्ञान तथा गणित विषयका टेलिभिजन कक्षाहरु संचालन गर्दे आइरहेको छ ।

यसका अलावा शिक्षामा सवैको समान पहुँच पुगोस् भन्ने उद्देश्यले विभिन्न विद्यालयहरुसँगको सहकार्यमा विभिन्न योजनाहरु संचालन गर्ने गरेको छ । नेपालका ग्रामीण भेग तथा तराईका अधिकांश जिल्लामा विद्यार्थीहरु स्कूलमा भर्ना हुने तर आवश्यक पाठ्य सामाग्री साथै प्रोत्साहनको अभावमा अध्ययनलाई निरन्तरता दिन नसक्ने समस्या विकराल रहेको छ ।

मधेस क्षेत्रमा त झनै विद्यालय नजाने र गइहाले पनि बीचैमा छाड्नेहरूको तथ्यांक निकै ठूलो छ । यस्तो अवस्थामा निजी क्षेत्रका कम्पनीहरूबाट पनि शिक्षा क्षेत्रमा आवश्यक प्रोत्साहन गर्दै सरकारी योजनालाई सहयोग पुगोस् भन्ने उदेश्यले डिशहोमले जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।

ग्राहकलाई निरन्तर उत्कृष्ट सेवा र गुणस्तरीय दृष्य पु¥याइरहको डिशहोमले पछिल्लो समय सामाजिक उत्तरदायित्वका कामहरूलाई समेत तीव्ररूपमा अगाडि बढाइरहेको छ ।

कमेन्ट गर्नुहोस्