दोषीलाई कारबाही माग गर्दै वीरगञ्जको घण्टारमा जुलुश प्रदर्शन

वीरगञ्ज, पुस २६ । वीरगन्ज महानरपालिका ६ की २६ वर्षीया महिला माधुरी वर्णवालका शंकास्पद मृत्युको विषयमा तत्काल छानविन गरी दोषीलाई कारबाही गर्न माग गर्दै बरनवाल सेवा समितीले बिहीबार वीरगन्जको घण्टाघरमा जुलुश प्रदर्शन गरेका छन् ।

मृतक वर्णवालको विवाह भएको एक वर्ष नबित्दिै नेपालगन्जस्थित आफनै घरको कोठामा पंखामा गत १७ पुसमा झुण्डिएको अवस्थामा शव फेला परेको थियो । दाइजो कम ल्याएको निहुमा पति मनिष वर्णवाल, ससुरा गोपीचन्द्र बर्णवाल र सासू राजकुमारी देवीले हत्या गरेको माधुरीको माईती पक्षले आरोप लगाएका छन्।

वर्णवालको हत्यामा उनको श्रीमा, ससुरा र सासूको संलग्नता रहेको माइती पक्षको आरोप छ । भेरी अस्पताल नजिकै औषधीको थोक पसल रहेको माधुरीको ससुराल पक्षले त्यहाँका डाक्टरलाई मिलाएको भनी आशंका जनाउँदैं पोस्टमार्टम रिपोर्ट सही आउने भरोसा नरहेको मृतकका आफन्तको भनाई छ ।

नेपालगन्जको प्रहरीले पनि दोषीलाई जोगाउने प्रयास गरिरहेको भन्दै उनीहरुले प्रहरीले अत्महत्या भन्दै सुरुमा जाहेरी लिन नमानेको र निकै प्रयास पछि मात्र जाहेरी लिएको आफन्त बताउँछन् ।

माइतीपक्षले माधुरीको श्रीमान, सासु र ससुराविरुद्ध कर्तव्य ज्यान मुद्दाको जाहेरी दिएको छ । नयाँपत्रिकादैनिकबाट साभार

कमेन्ट गर्नुहोस्