नेपाल आयल निगमको पुनर्संरचना गर्ने पौडेलको प्रतिवद्धता

काठमाडौं, पुस २६ । नेपाल आयल निगमका नवनियुक्त कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले निगमको पुनर्संरचना गर्ने बताएका छन्।

कार्यकारी निर्देशक पौडेलले निगममा हुने गरेका बिकृती, बिसंगतिको अन्त्य गर्दै निगमको हरेक गतिविधिलाई पारदर्शी बताउने प्रतिवद्धता जनाए । बिहीबार निगमको ४८ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले निगमलाई यही अवस्थामा रहन नदिने योजना रहेको बताए । निगमको सुधारको लागि शुन्य सहनशीलताको नीतिलाई कडाईका साथ लागू गर्ने उनको भनाई छ ।

साथै, नवनियुक्त कार्यकारी निर्देशक पौडेलले निगमले राष्ट्र निर्माणको अभियानमा ठूलो योगदान गरेको बताए । नयाँपत्रिकाबाट

कमेन्ट गर्नुहोस्