शून्य सहनशीलताको नीतिलाई कडाईका साथ लागू गर्छुः निगम प्रमुख पौडेल

काठमाडौं, पुस २६ । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले निगमको पुनर्संरचना गर्ने दाबी गरेका छन् । बिहीबार निगमको ४८औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् । साथै, नवनियुक्त निर्देशक पौडेलले निगमलाई यही अवस्थामा रहन नदिने प्रतिवद्धतासमेत जनाए ।

उनले निगममा हुने गरेका बिकृती, बिसंगतिको अन्त्य गर्दै निगमको हरेक गतिविधिलाई पारदर्शी बताउने दाबी गरे । निगमको सुधारको लागि शुन्य सहनशीलताको नीतिलाई कडाईका साथ लागू गर्ने निर्देशक पौडेलले बताए ।

कमेन्ट गर्नुहोस्