इन्धनको मूल्य घट्ने

काठमाडौं, पुष २६ । हवाई इन्धनको मूल्य घट्ने भएको छ । नेपाल आयल निगमको ४९औं वार्षिकोत्सव समारोहमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले मूल्य घटाउने सहमति भएको जानकारी दिए । उनले भने, ‘हाम्रो सहमति भैसक्यो अब प्रतिलिटर १० रुपैया मूल्य घट्छ, यसबाट हवाई भाडा पनि घट्नेछ ।’

निगमले आज नै निर्णय गर्ने पनि मन्त्री यादवले बताए । पछिल्ला केही पटक डिजल, पेट्रोल, मट्टीतेललगायतको भाउ घटे पनि हवाई इन्धनको मूल्य भने घटेको छैन ।

कमेन्ट गर्नुहोस्