चलचित्र ‘ए मेरो हजु्र ३’ को छायाँकनका लागि अमेरिका पुगे अनमोल केसी

काठमाडौं पुस २६ । निर्देशक झरना थापाले निर्देशन गरेको दोश्रो चलचित्र ‘ए मेरो हजुर ३’ को अन्तिम छायांकनको लागि नायक अनमोल केसी अमेरिका आईपुगेका छन् । उनलाई अमेरिकाको डीसी महानगरस्थित डलस विमानस्थलमा ‘ए मेरो हजुर ३’ की नवनायिका सुहाना थापा, निर्मात्री तथा अभिनेत्री यस चलचित्रकी निर्देशक झरना थापा तथा निर्माता सुनिलकुमार थापाले स्वागत गरेका थिए ।

संक्षिप्त कुरा गर्दै नायक अनमोल केसीले अमेरिकामा छायाँकन गर्न पाउँदा हर्ष लागेको बताए । उनले लामो समयसम्म चलचित्र उद्योगमा काम गरिसकेकी अग्रज झरना थापासँग काम गर्न निकै सहज भएको बताए ।

साथै आफूले मेहनत साथ काम गरिरहेको र आफ्ना सबै प्रशंसक तथा नेपाली चलचित्र मनपराउने सबैलाई माया गरि दिनुहुन् अनुरोध समेत गरेका छन् । यसैगरी प्रथम चलचित्र खेल्ने अवसर पाएकी निर्माता सुनिलकुमार थापा तथा निर्देशक झरना थापाकी छोरी सुहाना थापाले अमेरिकामा छायाँकन गर्न पाउँदा निकै उत्साहित भएको बताइन् । चलचित्रमा नायक अनमोल केसी र नव–नायिका सुहाना थापाको मुख्य भूमिका रहेको छ ।

चलचित्रकी निर्देशक झरना थापा, निर्माता सुनिलकुमार थापा र नव नायिका सुहाना थापा केही दिनअगाडि अमेरिका आएका हुन् ।

साथै अनमोलसँग काम गर्न पाउँदा भाग्यमानी रहेको भन्दै अहिलेसम्म भएको काममा आफू सन्तुष्ट भएको बताईन । यसैगरी निर्देशक झरना थापाले अमेरिकाको डीसी क्षेत्र, न्यूयोर्क तथा मायामीमा चलचित्रको अन्तिम छायाँकन गरिने बताइन । उनले अगाडी भनिन– ‘चलचित्रलाई चैत्र २९ गतेबाट प्रदर्शन गर्ने लक्ष्य रहेको बताउँदै आउने चलचित्रलाई पहिलो जस्तै माया गरिदिनु हुन सबै दर्शकलाई अनुरोध गरेकी छिन् ।

निर्माता सुनिलकुमार थापाले अमेरिकाको बसाई केवल दुई हप्ता हुने बताउदै यो चलचित्र समयमै प्रदर्शन गर्ने बताए । निर्देशक झरना थापाले निर्देशन गरेको दोश्रो चलचित्र ‘ए मेरो हजुर ३’ अहिले निकै चर्चामा छ ।

चलचित्रको प्रेम प्रसंगयुक्त (रोमान्टिक) गीतका केही तस्बिरहरु सार्वजनिक गरेको छ।

कमेन्ट गर्नुहोस्