अष्ट्रेलियास्थित दर्जन बढी विदेशी वाणिज्यदुतावासमा शंकास्पद प्याकेज फेला

अष्ट्रेलियास्थित दर्जन बढी विदेशी वाणिज्यदुतावासमा चिठ्ठीमार्फत शंकास्पद वस्तुहरु फेला परेका छन् । ती दूतावासहरुमा फाईबर, एस्बेस्टस नामक धातु तथा प्लास्टिक राखिएका चिठ्ठीका खामहरु फेला परेका थिए ।

मेलबर्न र क्यानबेरास्थित न्युजिल्याण्ड, अमेरिका, भारत, बेलायत, जापान, पाकिस्तान, कोरिया, जर्मनी, स्पेन, स्विजरल्याण्ड, इजिप्ट, क्रोएसिया लगायतका दर्जन बढी मुलुकका बाणिज्यदुतावासहरुमा यस्ता प्याकेज पठाईएका थिए ।

शंकास्पद सामान भेटिएको पुष्टि भएपनि कुनै अप्रिय घटना नभएको बताईएको छ । आतंकवादी क्रियाकलाप हुनसक्ने भन्दै केन्द्रीय तथा राज्य प्रहरीले सोबारे अनुसन्धान शुरु गरेको छ । केही बर्षयता मुलुकको सुरक्षामा बिशेष ध्यान दिँदै अष्ट्रेलियाले सुरक्षा सम्बन्धि कानून समेत कडा पारेको छ ।

कमेन्ट गर्नुहोस्