दुई किलो चरेसहित धामी पक्राउ

बझाङ, पुष २५ । बझाङमा लागूऔषध चरेससहित एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयको सक्रियतामा २ किलो ४८० ग्राम लागूऔषध चरेससहित एकजना प्रक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा कैलालीको चुरे नगरपालिका-५ घर भएका २१ वर्षीय जय बहादुर धामी रहेका प्रहरीले जनाएको छ । मंगलबार राति बझाङको बुंगल नगरपालिका-३ विरपई सेरा विजगडामा रहेको अस्थायी प्रहरी विट विजगडाबाट प्रहरी नायब निरिक्षक नैनसिंह भाटको कमाण्डमा खटिएको प्रहरी टोलिले धामीलाई चरेसहित पक्राउ गरेको हो ।

विट अगाडिको चेक पोष्टमा सवारी चेक जाँचगर्ने क्रममा विजगडाबाट बागथलातर्फ आउँदैगरेको रोयल ईन्फिइल्ड लेखिएको अन टेष्ट मोटसाईकलमा चरेस ल्याइरहेको अवस्थामा धामी पक्राउ परेका हुन् ।

मोटसाइकलमा सवार एकजना भने भाग्न सफल भएका छन् । उनको खोजी कार्य तीव्र भइरहेको प्रहरी नायब उपरिक्षक (डिएसपी) प्रविण धितालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!