कांग्रेसका शिक्षक नेता नेपाल राष्ट्रिय शिक्षक संगठनमा प्रवेश

पर्वत, पुष २५ । नेपाली कांग्रेस र शिक्षक संघमा आवद्ध शिक्षक विष्णुवहादुर विक ‘दिपक’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट नेपाल राष्ट्रिय शिक्षक संगठनमा प्रवेश गरेका छन् ।

पर्वतको कुश्मा नगरपालिका १२ ठूलीपोखरीमा रहेको जनता सुदर्शन माविमा अध्यापनरत विक बुधवार एक कार्यक्रमकाबीच नेकपा निकट शिक्षक संगठनमा प्रवेश गरेका हुन् ।

तत्कालीन नेपाली काँग्रेस ठुलीपोखरीका उपसभापति र शिक्षक पेशामा प्रवेश गरेपछि शिक्षक संघमा आवद्धसमेत रहेका बि.कलाई नेकपाका नेता मेघनाथ सुवेदी, नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रीय सदस्य शारदा कुमारी शर्मा लगायतले टिका र खाँदा लगाएर स्वागत गरेका थिए ।

सो अवसरमा नवप्रवेशी शिक्षक बिकले नेपाल राष्ट्रिय शिक्षक संगठन र नेकपाले निर्देशित गरेका कुराहरुमा विशेष भूमिका निर्वाह गर्ने बताए ।

कमेन्ट गर्नुहोस्