नेपालकै पहिलो ‘नेटवर्क आर्क ब्रिज’ निर्माण

काठमाडौं, पुष २५ । नेपालकै पहिलो नेटवर्क आर्क ब्रिज निर्माण भएको छ । काठमाडौंको बिजुलीबजार स्थित धोवीखोलामाथि नेपालकै पहिलो नेटवर्क आर्क ब्रिज निर्माण भएको हो।

उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता विश्व विजयलाल श्रेष्ठका अनुसार अहिलेसम्म निर्माणाधिन दुई पुलमध्ये एउटाले पूर्णता पाएको छ । अब पुल पूरा गर्न रंगरोगन र बत्तीराख्न मात्र बाँकी रहेको छ । केही समयमै पुलमाथि सवारीसाधन गुड्न सक्ने तर पुललाई सडकसँग जोड्ने पहुँच मार्ग निर्माण नभएकाले सञ्चालनको टुंगो भन नलागेको उनले बताए ।

अरनिको राजमार्ग अन्तर्गतको आठ लेन चौडाईको सडकमा एउटा मात्रै पुल थियो। मुख्य सडक र सर्भिस लेन भएर गुड्ने सडक साँघुरो पुलमाथि गुड्नुपर्ने बाध्यता थियो। नयाँ पुल बानेश्वरतर्फको सर्भिस लेन भएर गुड्ने सवारीका लागि निर्माण गरिएको हो। पुल र सडकको उचाई समान छैन।  फाइल फोटो

कमेन्ट गर्नुहोस्