डीएनए परीक्षण गराउन निर्मलाकी आमाले दिइन् रगतको नमूना

कन्चनपुर, पुस २५ । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया निर्मला पन्तकी आमा दुर्गादेवीले आफ्नो डीएनए परीक्षण गराउन रगतको नमूना दिएकी छन् ।

निर्मलाको ‘भजाइनल स्वाब’को डीएनए वास्तविक भएनभएको पुष्टि गर्न डीएनए परीक्षण गराउन लागेको उनले बताइन् ।

बुधबार रगतको नमूना परीक्षण गराउन महाकाली अञ्चल अस्पतालमा रगतको नमुना संकलन गराएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

निर्मलाको हत्या भएको ६ महिना बितिसके पनि अझै वास्तविक दोषी पत्ता लाग्न सकेको छैन ।

अनुसन्धानकाक्रममा प्रहरीले तत्कालीन एसपी डिल्लीराज विष्टलगायत शंकास्पद व्यक्तिहरुको डीएनए परीक्षण गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्