सहसचिव श्रेष्ठविरुद्ध भ्रष्टाचारको मुद्दा दायर, एक करोड ३४ लाख अवैध सम्पत्ति आर्जन

काठमाडौं, पुष २५ । वन तथा वातावरण मन्त्रालयका सहसचिव चन्द्रमान श्रेष्ठविरुद्ध बुधवार विशेष अदालतमा मुद्दा दायर गरिएको छ । गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठविरुद्ध मुद्दा दायर गरिएको हो ।

उनले यातायात व्यवस्था विभागमा महानिर्देशन रहेका बेला भ्रष्टाचार गरेको उजुरीका आधारमा अख्तियारले छानबिन गर्दा एक करोड ३४ लाख ५ सय ७६ रुपैयाँ गैरकानुनी आर्जन गरेको पाइएको थियो ।

अख्तियारले बुधवार जारी गरेको विज्ञप्तिमा २०३८ सालमा सेवा प्रवेश गरेका सहसचिव श्रेष्ठले कुल २ करोड १० लाख ७७ हजार कमाइ गरेकोमा उनी र उनको परिवारको नाममा तीन करोड ४४ लाख ७७ हजार रुपैयाँ सम्पत्ति देखिएकोले एक करोड ३४ लाख रुपैयाँ अवैध रूपमा कमाएको देखिएको उल्लेख छ।

कमेन्ट गर्नुहोस्