हुम्लामा अत्याधिक हिमपात हुन थालेपछि जनजीवन प्रभावित

हुम्ला, पुस २५ । जिल्लामा अत्यधिक हिमपात भएको छ । सदरमुकाम सिमकोटमा एक फिट हिउँ जमेको छ ।
हिमपातपछि यहाँको जनजीवन प्रभावित बनेको छ ।

विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।

मङ्गलबार रातिदेखि हिउँ पर्न थालेको हो । हवाई सेवा अवरुद्ध भएको छ । हवाई सेवा अवरुद्ध हुँदा खाद्यान्न तथा दैनिक उपभोग्य सामानको अभाव भएको छ।

हिमपातका कारण पशु चौपाया गोठभित्रै थन्किएका छन् । माथिल्लो हुम्लामा चार फिटसम्म हिउँ जमेकोे छ । हिमपातपछि तापक्रम घट्दै गएको छ । सबैभन्दा उत्तरी नाम्खा गाउँपालिकाको जनजीवन कष्टकर बनेको छ । ‘एक गाउँबाट अर्को गाउँ आवतजावत गर्न सकिएको छैन,’ स्थानीयवासी पासाङ लामाले भने । रासस

कमेन्ट गर्नुहोस्