कांग्रेसले छायाँ सरकारको अभ्यास गर्ने

काठमाडौं, पुष २४ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले छायाँ सरकारको अभ्यास गर्ने भएको छ। कांग्रेसले संसदमा पार्टीको भूमिका प्रभावकारी बनाउन र सरकारका कामलाई अनुगमन गर्न छायाँ सरकार गठन गर्न लागेको हो ।

मंगलवार बसेको संसदीय दलको बैठकमा हरेक सांसदलाई तीन वटा मन्त्रालय रोज्न भनिएको सांसद प्रकाश स्नेहीले जानकारी दिए।

यस अन्तर्गत कांग्रेसले विशेष समिति गठन गर्नेछ। यी समितिमा सरकारका पुरै मन्त्रालय र विभाग हेर्ने गरी सांसद तोक्ने छ। कुन सांसदलाई कुन मन्त्रालय पर्यो भन्ने कुरा पछि जानकारी दिइने छ।

कमेन्ट गर्नुहोस्