दुई घण्टादेखि प्रभावित उडान सुचारु

काठमाडौं, पुस २४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले प्रयोगमा ल्याएको रेडियो फ्रिक्वेन्सीमा खराबी आएका कारण दुई घण्टादेखि प्रभावित विमानस्थलको उडान सञ्चालन भएको छ ।

विमानस्थलको भिसिसिएस उपकरण बिग्रिँदा मंगलबार बिहान ९ बजेदेखि उडान प्रभावित भएको थियो ।

उक्त उपकरण परिवर्तन गरी केहीबेर अघिदेखि उडान सञ्चालनमा ल्याइएको विमानस्थलले जनाएको छ । एयर ट्राफिक म्यानेजमेन्ट, एयर ट्राफिक कन्ट्रोल कम्युनिकेसन लगायतका लागि प्रयोग हुने भिसिसिएस बिग्रिँदा ५० भदा बढी उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले बताए ।

दैनिक ५ सयको हाराहारीमा उडान हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान करिब २ घण्टासम्म प्रभावित भएको थियो । काठमाडौंपाटीबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!