रेकर्ड सार्वजनिक नभए अनसन बस्ने देवकोटा र थापाको चेतावनी

दाङ, पुस २४ । अमिलिया इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक युवराज चौधरीले पत्रकारद्वय बिष्णुकुमार देवकोटा र सागर थापाले पैसा मागेको विषयमा देवकोटा र थापाले अडियो रेकर्ड सार्वजनिक गर्न प्रहरी निरिक्षक चौधरीलाई २४सै घण्टा अल्टिमेटम दिएका छन् ।

थापाले अमिलियास्थित बागेश्वरी बालुवा प्रशोधन केन्द्रको विज्ञापन विगत जेठदेखि असोजसम्मको विज्ञापनको पैसा दिन उद्योगपतिले आनाकानी गरेपछि प्रहरी निरीक्षक चौधरीलाई पैसा असुल गर्नका लागि सहजीकरण गर्न इन्ुपेक्टर चौधरीलाई फोनमा भनेको विषयलाई कानूनविपरित रेकर्ड गरी सार्वजनिक जीवनमाथि हमला गरेपछि त्यसको प्रतिवाद गर्दै मंगलबार थापा र देवकोटाले संयुक्त विज्ञप्ति जारी गर्दै अडियो रेकर्ड सार्वजनिक गर्न चौधरीलाई चुनौति दिंदै अडियो सार्वजनिक नभए पत्रकार महासंघको प्राङ्गणमा न्यायको माग गर्दै अनसन बस्ने चेतावनी दिएका हुन् ।

लगातारको अमिलिया प्रहरीको असफतापछि आफ्नो लाज ढाक्न अमिलिया प्रहरीले घृणित चाल चल्दै पैसा मागेको आरोपलाई अस्विकार गर्दै थापा र देवकोटाले अडियो रेकर्ड सार्वजनिक गर्न अमिलिया प्रहरीलाई चुनौति दिएका हुन् ।

घटनाबारे प्रस्ट पार्दै थापाले भने– ‘विज्ञापनको पैसा असुल गर्न अमिलिया प्रहरी प्रमुखलाई भनेकै हो’ । ‘डुबेको रकम असुल गर्न प्रहरीको ‘सहयोग माग्नु के गलत हो ? के म गुण्डा प्रयोग गरौं त ? के पत्रकार ले गर्नै त्यही हो ?” थापाले प्रतिप्रश्न गरे ।

अनावश्यकरुपमा देवकोटाले आफ्नो नाम जोडिएको भन्दै अमिलिया प्रहरीलाई चुनौति दिंदै भने बिष्णुकुमार देवकोटाको भ्वाईसमा तपाई–अमिलिया प्रहरी प्रमुख युवराज चौधरी) संग पैसा मागेको हो भने २४ घण्टाभित्र अडियो रेकर्ड सार्वजनिक गर्न चुनौति दिन्छ , दम छ र एक बाउको छोरो हो भने अडियो रेकर्ड सार्वजनिक गर्नुस होइन भने आफ्नो पदबाट राजीनामा दिनुस । भपाईले पत्रकारलाई दलाल भनेको रेकर्डपनि मसंग सुरक्षित छ गोरुतस्करीरोक्न नसक्ने कस्तो प्रहरी प्रमुख तपाई ?

ईलाका प्रहरी कार्यालय अमिलियाको कार्यक्षेत्र अन्तर्गत पर्ने नदि तथा खोलाहरुमा अवैध नदि दोहन, गोरु तस्करी, अवैध चोरी सिकारी, ब्लाष्ट गरी माछा मार्ने कार्यको विषयमा लगातार रुपमा समाचार प्रकाशन गरेकै कारणले आफ्नो असफलतालाई ढाकछोप गर्न इन्सपेक्टर चौधरीले हामीमाथि पैसा मागेको भने गम्भीर आरोप लगाएको तथ्य हिंजो २२ पौषमा ईलाका प्रहरी कार्यालय अमिलियाकै नाकै मुनिबाट सशस्त्र प्रहरीले ३ वटा अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन्मा संलग्न टेक्टरहरु नियन्त्रणमा लिनुले प्रमाणित गर्दछ ।

जिम्मेवार पदमा बसेको, राजमार्गको सुरक्षादेखि जनताको जिउ धनको समेत सुरक्षाको कमाण्ड सम्हाल्नुभएका जिम्मेवार प्रहरी अफिसरले सुचना लुकाउनु, पत्रकारले सुचना माग्दा फिल्डमा आएर सूचना लैजान भन्नु, पत्रकारलाई दलाल भन्नु आफैमा लज्जास्पद कार्य हो । जिम्मेवार पदमा बसेको व्यक्तिले यसरी प्रायोजितरुपमा कुनै निस्चित पत्रकारलाई पत्रकारहरुकै बिरुद्धमा प्रयोगगर्नु निन्दनीय छ भनि थापा र देवकोटा द्धारा संंयुक्तरुपमा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

बिज्ञप्तिमा थापा र देवकोटाको केसलाई यसरी बिभाजित गरिएको छ ।

सागर थापाको केसमा

बिगत जेठ महिनादेखि असोज महिनासम्म अमिलियामा रहेको बालुवा प्रशोधन केन्द्रले छापेको बिज्ञापनको पैसा दिन आनाकानी गरेपछि कानुनको रक्षक प्रहरीलाई बिज्ञापनको पैसा दिन भनिदिनुस भन्नु गलत हो भने गलत भएकै हो । प्रश्न उठ्छ केही समस्या भयो भने प्रहरी लाई नभनेर कसलाई भन्ने के गुण्डा प्रयोग गर्नुपर्ने आवश्यक्ता आएको हो ? अमिलियाका प्रहरी प्रमुखलाई सागर थापाले फोनमा भनेको यही हो र अहिले यो तथ्यलाई बंङ्ग्याएर प्रहरी प्रमुख चौधरीले प्रहरी संग पैसा मागेको भनेर भ्रामक प्रचार गरिरहेका हुन् ।

प्रहरी प्रमुखले गर्नुपर्ने काम, कर्तव्य अधिकार बारे चौधरी स्वयं विज्ञ हुनुहुन्छ भने पत्रकारको धर्म पनि सत्यकुरा लेख्नु हो । समाचार लेखेकै कारणले प्रहरी संग पैसामाग्यो भनेर कसैको सामाजिक, मान प्रतिष्ठा र इज्जतसंग खेल्न मिल्छ ?

यति तपाई (प्रहरी प्रमुख युवराज चौधरी)सँग सागर थापाले पैसा दिनुस भन्ने रेकर्ड छ भने सार्वजनिक गर्नुस् प्रमाणित भए तपाईले सूचना दिएकै मितिबाट पत्रकारीताबाट सन्यास लिने घोषणा गर्दछु, होइन भने गलतिको सजायको भागिदार तपाई हुने की नहुने ?

बिष्णुकुमार देवकोटाको केसमा

जिम्मेवार पत्रकारको नाताले पेशागत मर्यादा कायम राख्दै तपाई (प्रहरी प्रमुख युवराज चौधरी)सँग पेशागत सामिप्यता राखेको हो ।

अमिलिया क्षेत्रका जनताहरुबाट व्यापकरुपमा तस्करी भइरहेको भन्ने सूचना प्राप्त भएपछि घटना हो कि होईन भनेर तपाईलाई फोन गर्नु पत्रकारिताको धर्म हो। सूचना माग्दा फिल्डमा आउन चुनौति दिने, दलाल भन्ने, जंगिने, झोंक्किएर बोल्ने, नाँङ्गे झार पार्छु भन्ने तपाईलाई अधिकार कस्ले दियो ? जिम्मेवार निकायमा बसेको प्रहरी प्रमुखले यसो भन्न मिल्छ ?

म च्यालेज्न गर्न चाहन्छु प्रहरी प्रमुख बिष्णुकुमार देवकोटाले समेत मसँग पैसा माग्यो भनेर त भन्नुभयो के पुष्टि गर्न सकिन्छ ।

यदि मेरो भ्वाईसमा मैले पैसा मागेको रहेछु भने म तपाईले अडियो सार्वजनिक गरेकै पलबाट पत्रकारीताबाट सन्यास लिने छु, तपाईसँग १ लाख पटक माफि माग्ने छु र कानूनबमोजिम सजाय समेत भोग्न तयार छु भनेर बिज्ञप्तिमा भनिएको छ ।

यसैगरी देवकोटाले सम्बन्धित पक्षसंग निम्न माग गरेका छन् । देवकोटाका मागहरु तपसिलमा उल्लेखित छन्-

१. २४ घण्टाभित्र अडियो सार्वजनिक गर्नुपर्ने ।

२.अमिलिया प्रकरणको छानबिन सम्बन्धित निकायबाट हुनुपर्ने ।

३. पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ दाङ साखाले छानबिनका लागि भुमिका खेल्नुपर्ने । लगाएतका मागहरु गरिएको छ ।

कमेन्ट गर्नुहोस्