किन दिंदैनन सलमानले किस सिन, यस्तो छ भाग्नुको रहस्य

मुम्बई, २४ । बलिउड सुपरस्टार सलमान खान नेपाली चलचित्रमा चुम्बनको दृश्य दिँदैनन् ।

उनले फिल्ममा यस्तो दृश्य नदिने वाचा नै गरेका छन् । केही वर्षपहिले सलमानले भनेका थिए, ‘पर्दामा चुम्बन गर्नेहरू देख्दा अजीव लाग्छ ।’

सलमानका भार्इ अरबाज खानले उनले चुम्बनको दृश्य नदिनुको राज खुलाइदिएका छन् । कपिल शर्माको सोको नयाँ भागमा सलमान, सलमानका पिता सलिम, भाइहरू अरबाज र सोहिल पाहुना बनेर पुगेका थिए ।

त्यहाँ कपिलले सलमानलाई प्रश्न गरेका थिए, ‘तपाईं चलचित्रको पर्दामा किन चुम्बन गर्नुहुन्न ?’ त्यसमा सलमानले बोल्न नपाउँदै भार्इ अरबाज खानले भने, ‘उनले अफ स्क्रिन यति धेरै किस गर्नुहुन्छ कि अनस्क्रिन किस गर्नै पर्दैन ।’

कपिल शर्माको सो शनिबार बेलुकी प्रसारण भयो ।

सलमान र उनको परिवार सहभागी भएको सो सार्वजनिक हुनुभन्दा अगाडि सोनी टिभीले यसको सानो अंश सार्वजनिक गरेको छ । सोका निर्माता सलमान खान नै हुन् । एजेन्सीको सहयोगबाट

कमेन्ट गर्नुहोस्