तेस्रो ग्लोबल ‘नेपाली फिल्म अवार्ड २०१८ भब्यताको सम्पन्न

अमेरिका, पुस २४ । तेस्रो ग्लोबल ‘नेपाली फिल्म अवार्ड २०१८’ सम्पन्न भएको छ ।

अमेरिकाको कोलोराडोस्थित डेनबर शहरमा शनिबार राती भव्य समारोहबीच सम्पन्न सो अवार्ड समारोहमा यसपटक सर्वोत्कृष्ट अभिनेताको अवार्ड चलचित्र ‘भुईमान्छे’बाट रमेश बुढाथोकीले प्राप्त गरेका छन् ।

यस्तै ‘स्टार अफ द इयर’को अवार्ड अभिनेता प्रदीप खड्काले हासिल गरेका छन् । उनको २०७४ मा प्रेमगीत २ र लिलीबिली गरी दुवै चलचित्र सफल भएको थियो ।

सो अवार्ड समारोहमा सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड चलचित्र पञ्चायतबाट निता ढुंगानाले चुमिन् । उनले यही विधामा अन्य अवार्ड पनि यो वर्ष जितेकी छिन् ।

ग्लोबल नेपाली चलचित्र अवार्ड र नेपाल फिल्म सोसाइटीले संयुक्तरुपमा आयोजना गरेको सो समारोहमा सर्वोत्कृष्ट फिल्मको अवार्ड २०७४ को व्यावसायिक चलचित्र ‘छक्का पञ्जा २’ ले पाएको छ । यही चलचित्रकी निर्देशक दीपाश्री निरौलाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड सो समारोहमा हासिल गरिन् ।

यस्तै सह–अभिनेताको अवार्ड पनि चलचित्र ‘छक्का पञ्जा २’बाटै जितु नेपालले प्राप्त गरेका छन् भने सर्वोत्कृष्ट हाँस्य अभिनेताको अवार्ड पनि ‘छक्का पञ्जा २’ बाटै केदार घिमिरे (माग्ने बुढा)ले जिते । सर्वोत्कृष्ट छायाँकारको अवार्ड पनि चलचित्र ‘छक्का पञ्जा २’ बाटै पुरुषोत्तम प्रधानले हासिल गरेका छन् ।

कलाकार एवम् प्राविधिकबीच विभिन्न १२ विधामा ग्लोबल नेपाली फिल्म अवार्ड प्रतिस्पर्धा भएको थियो । जसअन्तर्गत सर्वोत्कृष्ट सह–अभिनेत्रीको अवार्ड चलचित्र ‘कृ’बाट रुपा रानाले जितिन् ।

संगीततर्फको अवार्ड चलचित्र ‘ऐश्वर्य’को तिमी रोएको पल‘ले हासिल गरेको छ । यो गीतबाट अर्जुन पोखरेले वर्षको सर्वोत्कृष्ट चलचित्र संगीतकारको अवार्ड र सुगम पोखरेलले वर्षको सर्वोत्कृष्ट चलचित्र गीत गायकको अवार्ड प्राप्त गरे ।

चलचित्र गीत गायिकाको अवार्ड चलचित्र पर्वको ‘काले दाई‘बाट गायिका मिना निरौलाले हासिल गरिन्

हेल्पिङ ह्यन्ड्स एण्ड हेल्थ एजुकेसन … प्रेसिडेन्ट नरायण श्रेष्ठ र हलिउडका निर्देशक कलाकार एभ क्रुज प्रमुख आतिथ्यमा सम्पन्न सो अवार्ड समारोहमा यसपटक ३५औं संस्करणको अभियान श्री अवार्डबाट हास्य अभिनेता नारायण त्रिपाठी, निर्देशक सूर्य बोहरा, निर्देशक सुरेश दर्पण पोेखरेल र खेलाडी यज्ञलाल श्रेष्ठलाई सम्मानित गरियो । उनीहरुको योगदानको कदर स्वरुप यो अवार्डबाट सम्मानित गरिएको अभियान श्रीका अध्यक्ष कृष्ण मल्लले बताए ।

दिवंगत दुई श्रष्टाको नाममा यही वर्ष स्थापना गरिएको स्वर्गीय गेहेन्द्र धिमाल स्मृति सम्मान २०१८ बाट निर्देशक सूर्य बोहरालाई र रामकेशर बोगटी स्मृति सम्मान २०१८ बाट अभिनेता विक्रान्त बस्नेतलाई कार्यक्रममा सम्मनित गरियो ।

यस्तै सोही समारोहमा ग्लोबल नेपाली फिल्म स्पेशल अवार्डबाट अभिनेत गणेश उप्रेती, चलचित्र निर्देशक शैलेश आचार्य, गायक प्रेमराज महत र चलचित्र वितरक निर्माता मुकुन्द ढुंगानालाई सम्मानित गरियो ।

यस्तै ग्लोबल नेपाली फिल्म डायस्पोरा अवार्ड चलचित्र निर्देशक तर्फ श्याम भट्टराईलाई, अभिनेता तर्फ शुशिल क्षत्रीलाई र अभिनेत्रीतर्फ सारंगा श्रेष्ठलाई, निर्मातातर्फ प्रेम पौडेल र वितरणतर्फ रायन रेजलाई प्रदान गरियो ।

नेपाली चलचित्र क्षेत्रमा योगदान पुर्याउने नेपाली भुटानी कलाकारलाई प्रदान गरिने ग्लोबल नेपाली भुट्निज अवार्डबाट सो कार्यक्रममा केदार उप्रेती र दीपक गजमेरलाई सम्मानित गरियो । यी तिनैजना नेप्जिल भुटनिज कलाकार हुन् ।

विभिन्न सांस्कृतिक कार्यक्रम र नाच गान सहित सम्पन्न सो अवार्ड समारोहमा ग्लोबल नेपाली फिल्म स्पेसल अवार्ड जसवन्त देब श्रेष्ठ (अमेरिका), इश्वरराज थापा (क्यानडा), विक्रम जोशी (युके), स्मृति पोखरेल (अष्ट्रेलिया) र सुनिल रावल (नेपाल)लाई प्रदान गरियो ।

ग्लोबल नेपाली फिल्म अवार्डका तर्फबाट अवार्डका आयोजक नवराज श्रेष्ठ र नेपाली फिल्म सोसाईटीका तर्फबाट आयोजक अध्यक्ष कृष्ण मल्ल थिए । निर्माता मधुकुमार श्रेष्ठको संयोजनमा सम्पन्न सो अवार्डका सल्लाहका र अभिनेता शिव श्रेष्ठ हुन् ।

अवार्डका लागि नेपालबाट कृष्ण मल्ल, शर्मिला मल्ल, मदुकुमार श्रेष्ठ, शिब श्रेष्ठ, तिर्थ थापा, नन्दकृष्ण जोशी, निता ढुंगाना, रुपा राना, रमेश बुढाथोकी, दिनेश डिसी, महादेब त्रिपाठी लगायतका सिनेकर्मीहरु अमेरिका पुगेका थिए ।

अमेरिकामा रहेका सबैजसो सिनेकर्मी र विभिन्न पेशामा आवद्ध नेपालीहरुको उपस्थितिमा अवार्ड सम्पन्न भएको आयोजक नवराज श्रेष्ठले बताए । कार्य्रक्रमको सन्चालन निर्देशक सुरेश दर्पण पोखरेल र मिस नेपाल क्यलिफोर्निया अनुशा कार्कीले गरेका थिए ।

केही तस्वीरहरु हेर्नुहोस्-

कमेन्ट गर्नुहोस्