मोफसलकै सर्वाधिक पुरस्कार राशीको खप्तड गोल्डकप मंगलबार सुरु

काठमाडौं, पुस २४ । मोफसलकै सर्वाधिक पुरस्कार राशीको अन्तर्राष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकपको तेस्रो संस्करण धनगढीमा मंगलबार सुरु हुँदैछ ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सुदुरपश्चिम ११ र झापाको काँकडभिट्टा एएफसीबीच प्रतिस्पर्धा हुने छ । खेल धनगढी रंगशालमा दिउँसो साढे २ बजे सुरु हुने छ ।

नेपालसहित क्यामरुन र भारतका गरी १२ टोली सहभागी प्रतियोगिता माघ ५ गतेसम्म चल्ने छ । प्रतियोगिताको बिजेताले २१ तथा उप–विजेताले १० लाख रुपैयाँ हात पार्ने छन् । कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्