नेपाल आयल निगमको कार्यकारी निर्देशकमा पौडेल नियुक्त

काठमाडौं, पुस २४ । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले पौडेललाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

पौडेल उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक रहेका थिए । उनले सोमबारकै दिन महाप्रबन्धक पदबाट राजीनामा दिएका छन् । उद्योग, वाणिज्य मन्त्रालयले गत शुक्रबार पौडेल, अनिलकुमार झा र तारानाथ पौडेलको नाम सिफारिश गरेको थियो ।

निगमको कार्यकारी निर्देशक छनौट तथा सिफारिश समितिले ५ जना मध्येबाट ३ जनाको नाम छनौट गरेर उद्योगमन्त्री मातृका यादवलाई पेश गरेको थियो । पौडेल चार्टर्ड एकाउन्टेन्ट पनि रहेका छन् । कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्