भ्रष्टाचारमा तानिए गोपाल खड्का पनि, १८ करोड अवैध सम्पत्ति आर्जन गरेको आरोप

काठमाडौं, पुष २३ । नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काले १८ करोड अकुत सम्पत्ति आर्जन गरेको अभियोगसहित भर्खरै विशेष अदालतमा भ्रष्टाचार मुद्दा पेश भएको छ। मुद्दामा अदालतले रुजु गर्ने काम गरिरहेको छ। स्रोतका अनुसार केही समयमै मुद्दा दर्ता हुनेछ।

खड्काको १८ करोड ६६ लाख रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति जफत, त्यति नै जरिवानाको मागसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको हो। अख्तियार प्रमुखमा नवीनकुमार घिमिरे आएपछि पछिल्लो समय चलाइएको सबैभन्दा ठूलो विगो दावी गरिएको मुद्दा हो।

अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० अनुसार दुई वर्षसम्म कैद सजाय, विगो बमोजिम जरिवाना तथा विगो भाराउन माग गरेको छ। खड्काले गैरकानुनी सम्पत्ति आर्जन गरी अमिल्दो र अस्वभाविक जीवनयापन गरेको दावी अभियोगपत्रमा गरिएको छ।

उक्त मुद्दामा प्रतिवादी खड्कालाई भने अदालतमा हाजिर गराइएको छैन। सरकारले मन्त्रालय तानेर जिम्मेवारीविहीन बनाएको ९ महिनापछि गत जेठ तेस्रो साता खड्काले पदबाट राजीनामा दिएका थिए। अन्नपूर्ण पोस्ट्बाट

कमेन्ट गर्नुहोस्